मङ्सिर ७ को १२ बुँदे कलङ्क

admin
  • फणिन्द्र नेपाल

आजको दिन अर्थात् मङ्सिर ७ गते अर्थात् तत्कालीन नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी लगायत सात दलले २०६२ साल मङ्सिर ७ गते इन्डियाको नयाँ दिल्लीमा पहिले हिन्दी भाषामा खेस्रा गरेर १२ बुँदे सम्झौतामा हस्ताक्षर गरी नेपालमा अस्थिरताको बीजारोपण र इन्डियालाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप , प्रशासनमा सूक्ष्म व्यवस्थापन (micro management ) र जमिनमा अतिक्रमण र कब्जाका निम्ति खुला आमन्त्रण तथा करिब ६०००००० (साठी लाख) इन्डियाली नागरिकहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र दिने प्रतिबद्धता , नेपालभित्रको व्यापारमा इन्डियाली एकाधिकार , नेपाललाई इन्डियाली गुणस्तरहीन उपभोग्य सामग्रीको डम्पिङ साइट , नेपालको पानीमाथि इन्डियाको हक , नेपाल-इन्डिया सिमाना झन् खुला, नेपाली सेनालाई इन्डियाली सेनाको एकाइका रूपमा सङ्कुचनलगायत नेपाललाई कमजोर र अस्थिर बनाउने कालो दिनका रूपमा नेपालीलाई कलङ्कित गर्ने घिनलाग्दो कथानक हाम्रै निधारमा लेखिएको दिन ।

सम्झनुस् त , आज हामी कहाँ छौँ ? हाम्रो यो दुरवस्थाको कारण नै २०६२ मङ्सिर ७ हो । यही दिनको श्रापले हामी आज नयाँ दिल्लीको कहर भोगिरहेकाछौँ । तर यो मृत्युपत्रमा हस्ताक्षर गर्नेहरू काठमाडौंको वातावरणलाई प्रदूषित गर्दै ठूलाठूला डिङ हाँकिरहेका छन् । धिक्कार छ तिनीहरूलाई , जसले हाम्रो स्वाभिमान र प्रतिष्ठा नयाँ दिल्लीको फोहोरी पाउमा चढाएर नेपालीको रगतमा होली खेले ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू