एक तोला सुनमा ब’लात्का’र घ’टनामा मिलापत्र, नदिएपछि बाहिरियो

admin

बैतडी : बैतडीमा ब’लात्का’र घ’टना मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ। लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा ब’लात्का’र भएको घ’टना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि सोही ठाउँका दीपक सिंह धामीले ब’लात्का’र गरेको घ’टना झण्डै ६ महिनापछि बाहिर आएको हो। गत जेठमै ब’लात्का’र भए पनि त्यो बेला पीडित पक्षलाई एक तोला सुन दिने भन्दै त्यो घ’टना गाउँमै मिलाएको र पछि पीडितलाई सुन नदिएपछि घ’ट’ना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि साँझको समयमा ब’लात्का’र भएको र त्यो घ’ट’नालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘पीडित पक्षसँगको प्रारम्भिक कुराकानीपछि किशोरीमाथि ब’लात्का’र भएको देखिएको छ। उनीहरुलाई सुन दिने प्रलोभनमा घ’टना लुकाएको पाइएको छ। हामीले यो घट’नामा सूक्ष्म रुपले अनुसन्धान बढाएका छौं।’

कार्तिक मसान्तमा पीडित पक्षलाई एक तोला सुन दिने सर्त राख्दै तमसुक बनाइएको थियो। कार्तिक मसान्तमा सुन दिनुको सट्टा पीडकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो।

यो घ’टनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्र’हरी नायव उपरीक्षक अधिकारीले बताए। उनले भने, ‘यो घ’ट’नामा संलग्न सबैको पहिचान गरेर कानुन अनुसार कारबाही हुन्छ। यसमा प्र’हरीले अनुसन्धान बढाइसकेको छ।’

गत जेठमा किशोरीमाथि ब’लात्का’र भएको भन्दै पीडित पक्षले ४ जनाको नाममा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’ह’री नायव उपरीक्षक अधिकारीले बताए। उनले भने ‘पीडित पक्षले चार जनाको नाममा जब’र्जस्तीक’रणी मुद्दामा जाहेरी दर्ता गराएको छ। सो मुद्दामा हामीले अनुसन्धान सुरु गरिसकेका छौं। ब’लात्का’र गर्ने र यो मुद्दालाई ओझेल पार्नेका नाममा जाहेरी आएको छ।’

अनुसन्धानमा असर पर्ने भन्दै प्र’हरीले कसको नाममा किटानी जाहेरी आएको छ भन्ने खुलाएको छैन। ‘पीडित पक्षले चार जनाको नाममा जाहेरी दिएका छन्। अहिले नाम गोप्य राखेका छौं,’प्र’हरी नायव उपरीक्षक अधिकारीले भने।

सरकारले भर्खरै ब’लात्कार’का घ’टना लुकाउने वा मिलाउनेलाई कानुनी कारबाही गर्ने हिसाबले अध्यादेश ल्याएको सन्दर्भमा बैतडीमा गाउँमै मिलाउन खोजिएको ब’लात्का’रको घ’टना बाहिर आएको हो। योसँगै जिल्लामा लकडाउन यता बालिका तथा किशोरीमाथि ब’लात्का’र ४ वटा घ’टना प्र’हरीमा दर्ता भइसकेका छन्।

प्रतिक्रिया