विप्लवको ‘क्रान्ति’मा भ्वाङ पर्यो : पूर्वमन्त्री बाँस्कोटा

admin

काभ्रेपलाञ्चोक, १३ मङ्सिर  :  पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ गरेको दावी गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा चन्द नेतृत्वको नेकपा–माओवादीका छ दर्जनभन्दा बढी कार्यकर्तालाई नेकपामा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्दको क्रान्ति आजको आवश्यकता नभएकाले नेकपामा प्रवेश गर्नसमेत सुझाव दिनुभयो ।

“ध्वङ्सत्माक क्रान्ति आजको आवश्यकता हैन, तपाईको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाई पनि नेकपामा प्रवेश गर्नुप¥यो” उहाँले भन्नुभयो । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याउनुभयो ।

उहाँले दोहो¥याउनुभयो “चन्द कमरेड तपाईका नेताकार्यकर्तालाई तपाईको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाई पनि नेकपामा समाहीत भए राम्रो ।”

बाँस्कोटाले नेपालमा हिसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उहाँको तर्क थियो । “बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ” उहाँले थप्नुभयो “जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आथिृक सबृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।” नेकपामा कोही दास र कोही मालिक नभएको उहाँको धारणा थियो ।

बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताउनुभयो । उहाँले नेकपा कुनैपनि हालतामा नफुट्ने दावी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताउनुभयो । “नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति हैन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।”

उहाँले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताउनुभयो । विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटि सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रिता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया