महासंघमा चन्द्र ढकाल उपाध्यक्षमा विजयी

admin

काठमाडौँ, मंसिर १४ : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । आइतबार बिहान निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गरेका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका थिए ।

यसअघि वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि पक्षका दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् । जिल्ला नगर सदस्यहरूमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमलकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमानबहादुर खड्का, सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

कुवीरकुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य र अमृत भट्टचन निर्वाचित भएका छन् । प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने । लुम्बिनीबाट जसमेर मिया विजयी भएका छन् ।

देश ६बाट लालीमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर बाजी मारेका छन । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकाय पनि विजयी भएका छन् । यस अघि प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भएका छन् । वस्तुगततर्फ ढकाल प्यानलबाट सात जना सदस्यमा विजयी भएका छन् । किशोर प्रधान प्यानलबाट पनि सातै जना सदस्यमा आएका हुन् ।

प्रधान समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्ढ काल समूहका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन् ।

एशोसिएट सदस्यतर्फ अम्बिकाप्रसाद पौडेल, अविनाश बोहरा, आनन्द बगडिया, कृष्णलाल महर्जन, गोपाल खनाल ज्योत्सना श्रेष्ठ देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, भरतराज आचार्च, रञ्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य छन् ।

शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाइँ, सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा रहेका छन् । ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ । उनीहरूमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ ।

प्रतिक्रिया