नुवाकोटमा हेलिकप्टरमा ठोक्कियो चिल

admin

काठमाडौं, मंसिर १४ : चिलसँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटमा अवतरण गरिएको प्र’हरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।

आइतबार दिउँसो १:४० बजे हेलिकप्टर बेलकोटगढी नगरपालिका-६मा अवतरण भएको हो। ‘चिलसँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ,’ कार्कीले भने,’एक जना सामान्य घा’इते छन्।’

हेलिकप्टरमा पाइलटसहित छ जना सवार थिए। त्यस्तै यात्रुहरूलाई कैलाश एयरकै अर्को हेलिकप्टर लिन पुगेको उनले बताए।

प्रतिक्रिया