पछिल्लो २४ घण्टामा १२५५ संक्रमित, १४०४ संक्रमणमुक्त, २५ जनाको मृ’त्यु

admin

काठमाडौं, मंसिर १४ : पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ । देशभर १७९०९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९३६८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १४७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया