गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा

admin

बुटवल, १५ मंसिर :  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी छ ।

पछिल्लो पटक, यो साता सुरु भएका महìवाकाङ्क्षी ठूला आयोजना हुन्–तिनाउ दानव करिडोर र झुम्सा खानेपानी आयोजना । दुवै आयोजनाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन् ।

यसअघि रुपन्देहीमा बुटवल बेलहिया छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, बुटवल–नारायणघाट सडक, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, बेलबास–बेथरी सडक, बुटवल कृषि उपज केन्द्र, मोतीपुर औद्योगिक क्षेत्रजस्ता अर्बौैं रुपियाँ लगानीका आयोजनाहरू निर्माण भइरहेका छन् ।

सङ्घीय बजेटका यस्ता आयोजनासँंगै प्रदेश र स्थानीय तहबाट पनि कयौँ विकास निर्माणका योजना सञ्चालनमा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक ज्ञवालीले लेखेका छन् ।

प्रतिक्रिया