काभ्रेमा कोरोना संक्रमणका कारण थप एकको ज्यान गयो, ३५ जनामा संक्रमण पुष्टि, २७ जना डिस्चार्ज

admin

काभ्रे : काभ्रेमा कोरोना भाइरसका कारण थप एकको ज्यान गएकोे छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले तयार पारेको विवरण अनुसार मण्डनदेउपुरका ७५ बर्षिय एक जना पुरुषको मध्यपुर ठिमी अस्पतालमा कोरोना भाइरसका कारण ज्यान गएको हो । 

 योसँगै जिल्लामा भाइरसको कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यसैगरी जिल्लामा आज थप ३५ जनामा कोरोना भाइसर पुष्टि भएको छ । पुष्टि हुनेमा बनेपा नगरपालिकाका ६ जना महिला र ४ पुरुष रहेको छन् । यस्तै धुलिखेलका २ जना महिला ४ जना पुरुष, मण्डनदेउपुरका ३ जना महिला र २ जना पुरुष, पनौतीका १ जना महिला ४ जना पुरुष र पाँचखालका १ जना महिला र ३ जना पुरुष रहेका छन् । 

यसैगरी बेथान्चोक गाँउपालिकाका २ जना महिला र २ जना पुरुष रहेका छन् भने रोशीका १ जना महिला रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जिल्लामा अझै २ सय ७३ जना सक्रिय संक्रमित छन् । जिल्लामा आज २७ जना संक्रमित डिस्चार्ज भएका छन् ।  योसँगै जिल्लामा डिस्चार्ज हुनेको ंसंख्या २ हजार ६ सय २ पुगेको छ ।

 हाल जिल्लाको २ अस्पताल आइसोलेसनमा १० जना र होम आइसोलेसनमा २ सय ६३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । 

प्रतिक्रिया