आज बस्ने नेकपाको सचिवालय बैठकमा ओलीको प्रस्तावमाथि दाहालद्वारा बुँदागत रूपमा जवाफ

admin

काठमाडौं, १६ मंसिर : सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षले अलग-अलग बटमलाइन अघि सार्ने तयारी गरेका हुन् ।

विवाद समाधानका लागि अहिलेसम्म सहमति नभएको र औपचारिक तथा अनौपचारिक छलफल पनि नभएका कारण दुवै पक्षले आ-आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

मंगलबारको बैठकमा अध्यक्ष एंव प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष दाहालले बुँदागत रूपमा जवाफ दिने तयारी गरेको दाहालको निजी सचिवालयले जनाएको छ ।

गएको १३ गतेको बैठकमा ओलीले दाहालको प्रस्तावको जवाफ दिएका थिए । मंगलबार उही प्रस्तावमाथि दाहालले जवाफ दिन लागेका हुन् । नेकपा भित्र अध्यक्षद्वयबीच आरोप प्रत्यारोप बढ्दै गर्दा मंगलबारको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।

नेताहरुका अनुसार अध्यक्षद्वयको प्रतिवेदनलाई थाती राखेर संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास पनि हुनेछ ।

प्रतिक्रिया