काठमाडौं, १६ मंसिर : केही दिन यता लगातार घटेको सुनचाँदीको मूल्य मंगलबार भने बढेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५०० रुपैयाँले वृद्धि भई ९० हजार ५०० रुपैयाँ पुगेको छ । त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुन पनि प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।