आज २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज, मृत्यु हुनेको संख्या १५२९ पुग्यो

admin

काठमाडौं, १६ मंसिर : मंगलबार थप एक हजार तीन सय चार जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा दुई हजार ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ ।

अब नेपालमा १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय १६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २१ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय २९ पुगेको छ ।

प्रतिक्रिया