बुधबार नेप्से झण्डै ७१ अङ्कले बढ्याे

admin

काठमाडौं, १७ मंसिर : शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै ७१ अङ्कले बढेको छ । व्यापारबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ७० दशमलव ६२ अङ्कले बढेर २ हजार ७१ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।

बुधबार जीवन बीमा समूहको शेयर ६ सय ८, निर्जीवन बीमाको २ सय ४४ अङ्कले, माइक्रोफाइनान्सको २ सय ३२ अङ्कले, अन्यको १ सय ४० र जलविद्युत् समूहको शेयर ८८ अङ्कले बढेको छ ।

बुधबार दुई सय एक कम्पनीका एक करोड ५५ लाख ६४ हजार कित्ता शेयर सात अर्ब ४६ करोड ३४ लाख रुपैयाँमा किनबेच भएका छन् । साञ्जेन जलविद्युत्, जनउत्थान लघुवित्त, एनएमबी माइक्रोफाइनान्स लगायत नाै वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् भने युनिलिभर नेपालका लगानीकर्ताले भने पाँच प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

प्रतिक्रिया