आज एकैदिन सुन तोलामा १६ सय रुपैयाँले बढ्यो

admin

काठमाडौं, १८ मंसिर : सुनको मूल्य बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेको छ । बिहीबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार मूल्य घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुन बिहीबार २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रतिऔँस १८ सय ३६ डल र पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ । यसैगरी बिहीबार चाँदी पनि मूल्य बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ थियो ।

प्रतिक्रिया