काठमाडौं, १८ मंसिर : बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्यादुई लाख २० हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।
यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १३ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ५१ पुगेको छ ।