नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई

राष्ट्रिय समाचार समिति

इलाम, १८ मंसिर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताएका छन् ।

सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवन उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’

उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, ‘अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया