काभ्रेका कोरोना संक्रमित मध्ये आज ४३ जना डिस्चार्ज,थप २४ जनामा संक्रमण पुष्टि

admin

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ४३ जना डिस्चार्ज भएका छन् । जिल्लाका संक्रमित मध्ये हाल सम्म २ हजार ६ सय ७६ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा आज २४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा बनेपाबाट ४ पुरुष र ४ महिला,धुलिखेलबाट २ महिला ५ पुरुष,पनौतीबाट २ महिला र १ पुरुष, पाँचखालबाट १ पुरुष,भुम्लु बाट ३ पुरुष,नमोबुद्धबाट १ पुरुष,तेमाल गाँउपालिकाबाट १ पुरुष छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ९ सय ८० पुगेको छ ।

अझै जिल्लामा २ सय ६७ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय ५९ जना होम आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमण बाट जिल्लाका १० महिला र २७ पुरुष गरि ३७ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया