थप १२७२ जनामा कोरोना संक्रमण, १५ सयभन्दा बढि डिस्चार्ज

admin

काठमाडौं, १९ मंसिर : शुक्रबार थप एक हजार दुई सय ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार दुई सय ७२ जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार पाँच सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।

अब नेपालमा १५ हजार चार सय ४७ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ६७ पुगेको छ ।

प्रतिक्रिया