कांग्रेसले २९ गते देशव्यापी आन्दोलन गर्ने

admin

काठमाडौं : प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

`सरकारको अधिनायकवादविरुद्ध कांग्रेस आन्दोलनमा उत्रिन लागेको हो´, उनले भने। कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।

बुधबार पुल उद्घाटन गर्न तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेस आक्रोशित बनेको हो।

प्रतिक्रिया