तेस्रो बिहे गर्ने वडा अध्यक्ष सल्यान प्रहरीको नियन्त्रणमा

admin

सलयान, १९ मंसिर : सल्यानमा एक जना जनप्रतिनिधिले नै तेस्रो बिवाह गरेर खुलेआम कानूनको धज्जी उडाएर हिडेको भन्दै चर्को आलोचना भएको एक सातापछि प’क्राउ परेका छन् ।

प्र’हरीले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का तेस्रो बिहे गर्ने वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प’क्राउ गरेको हो । वडा अध्यक्ष कुमाईसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई प्र’हरीले नियन्त्रणमा लिएको जिल्ला प्र’हरी कार्यालय सल्यानका प्र’हरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

एक साता अगाडि मात्रै वडा अध्यक्ष कुमाईले तेस्रो श्रीमतीकी श्रीमान नोखिराम बोहरालाई जारीसँगै उनको ऋणसमेत तिरिदिने सहमति भएको थियो । वडा अध्यक्षले ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार वोहराको ऋण तिरिदिने सहमती भएको सार्वजनिक भएको थियो ।

उक्त सहमती भएको कुरा बाहिर आएपछि जनप्रतिनिधि भएर कानूनको पालना नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । घरमा २ जना श्रीमती र दुबै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानीय ५ जनाले सल्यान प्र’हरीमा बहुविवाहको कसुरमा उ’जुरी दिएका थिए ।

प्र’हरीले उक्त उ’जुरीका आधारमा जिल्ला अदालत सल्यानबाट प’क्राउ अनुमति लिई आरोपित दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्र’हरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्र’हरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया