जिप दु’र्घटना : ४ जनाको मृ’त्यु, ७ घा’इते

राष्ट्रिय समाचार समिति

सिमकोट, मंसिर २० : हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दु’र्घटना हुँदा चार जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ भने एक बच्चासहित सात जना घा’इते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यालय हुम्लाका प्र’हरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । दु’र्घट’नामा परी एक महिलासहित चारको घ’टनास्थलमै मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

दु’र्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घा’इते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घा’इतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घा’इतेमध्ये दुईको अवस्था ग’म्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो ।

जिप दु’र्घटना भएको खबर पाएलगत्तै घ’टनास्थल पुगेका नेपाल प्र’हरी, सशस्त्र प्र’हरी, नेपाली सेना र स्थानीयवासीले उ’द्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घ’टनास्थल पुगेका सशस्त्र प्र’हरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताउनुभयो । अधिकांश घा’इतेको छाती, टाउको र हातखुट्टामा चो’ट लागेको प्र’हरी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया