बैतडी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दु’र्घटना हुँदा तीनजनाको मृ’त्यु र पाँचजना घा’इते भएका छन्। दिपायलबाट खत्याडी जाँदै गरेको म १ च ५५० नम्बरको जिप शनिबार राति १ बजे दु’र्घटना भएको हो।
दु’र्घटनामा परी मृ’त्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनीकी सासू करिब ५५ वर्षीया नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ का करिब ४० वर्षीय हरिनारायण भट्ट रहेका छन्।
यसैगरी दु’र्घ’टनामा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँका २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक घाइते भएका छन्।
दु’र्घट’नामा परी मृ’त्यु हुने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्र’हरी टोली खटिएको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको प्र’हरीले जनाएको छ। अहिले घ’टनास्थलबाट घा’इतेको उद्धार तथा मृ’तकको श’व सङ्कलनको कार्य जारी रहेको घ’टनास्थलमा खटिएका प्र’हरी निरीक्षक चन्दले जानकारी दिए।