काठमाडौं, २१ मंसिर : आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हप्ताको पहिलो दिन सुनको मूल्य दुई सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ता सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको थियो । यस्तै आइतबार तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य भने स्थिर छ । अस्ति शुक्रबार जस्तै आइतबार पनि चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।