दाहालको अध्यक्षतामा स्थायी कमिटीको बैठक चल्दै, प्रधानमन्त्री ओली अनुपस्थित

admin

काठमाडौं, २१ मंसिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक चलिरहको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।

ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको छ । धुम्बाराहीको हल सानो भएकोले त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री ओली नगएका बुझिएको छ । ।

शनिबारको सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गरेका थिए तर अन्य सदस्यले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाले स्थायी कमिटीको बैठक बस्नुपर्ने र दुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावको छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया