नेप्सेमा नकारात्मक सर्किट ब्रेक

admin

काठमाडौं, २१ मंसिर लगातार घटेर नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर बजारमा कारोबार बन्द भएको छ । हप्ताको पहिलो दिन नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर बन्द भएको हो । बजार बन्द हुनुअघि नेप्से ६ प्रतिशत अर्थात् १ सय २३ अङ्कले घटेर १९ सय ३२ दशमलव ११ विन्दुमा झरेको छ ।

निर्जीवन बीमाको शेयर ५ सय ६९ अङ्कले, उत्पादनको ३ सय ६२ अङ्कले, माइक्रो फाइनान्सको २ सय २४, व्यापारको १ सय ५९, जलविद्युतको ८६, होटलको ८१ र बैंकिङ समूहको शेयर ६४ अङ्कले घटेको छ । एक सय ९७ कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब २० करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया