आज १७ सयभन्दा धेरै डिस्चार्ज, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५९४ पुग्यो

admin

काठमाडौं, २१ मंसिर : आइतबार थप एक हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार चार सय ९५ जनाको नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार सात सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ ।

अब नेपालमा १३ हजार पाँच सय ८२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १७ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ९४ पुगेको छ ।

प्रतिक्रिया