आज बसेको ‘स्थायी कमिटी बैठक’ सकियो, प्रस्ताव फिर्ता नभएसम्म अध्यक्ष दाहाल बैठकमा नआउने

admin

काठमाडौं, २१ मंसिर : आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विना नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक अध्यक्षद्वयका प्रस्तावमाथि सामान्य छलफलपछि आउँदो २८ गते अर्को बैठक बस्ने गरी स्थगित भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालयमा पेस गरेको प्रस्ताव र पार्टीमा उत्पन्न विवादबारे सामान्य छलफल भएको स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

अब २८ गते स्थायी कमिटीको बैठक र मंसिर २५ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने निर्णय भएको पनि उनले जानकारी दिए । आइतबारको बैठकमा उपस्थित नभएका ओलीले पत्र पठाएका थिए ।

ओलीले अध्यक्ष दाहालको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने जानकारीसहितको पत्र पठाएको पनि नेता पौडेलले जानकारी दिए ।

‘अध्यक्ष दाहालको डकुमेन्टलाई राजनीतिक प्रस्ताव भन्न मिल्दैन र त्यो आरोपपत्रको बारेमा स्थायी कमिटीमा छलफल नै गर्न हुन्न’ ओलीले पठाएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया