भक्तपुर कार दु’र्घटना : छोरीको ह’त्या आशंका गर्दै आमाले दिइन् जाहेरी

admin

काठमाडौं, २१ मंसिर : भक्तपुरमा गएराति पौने १ बजे भएको कार दु’र्घटनामा ज्या’न गुमाएकी ३० वर्षीया रिया श्रेष्ठको परिवारले उनको ह’त्या भएको आशंका गरेको छ । सवारी चालक लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीवि’रुद्ध आमा सम्झनाले ह’त्या आ’शंका गर्दै किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्र’हरी वृत्त, ठिमीका डीएसपी ऋषिराम कँडेलले जाहेरी प्राप्त भएको पुष्टि गर्दै अनुसन्धान थालिएको बताए । उनका अनुसार नियतवश छोरी रियालाई दु’र्घ’टनामा पारिएको उल्लेख गर्दै सवारी ज्यानसम्बन्धी कसूरमा जाहेरीमा दिइएको छ ।

मध्यराति बा ८ च ४७५६ नम्बरको कार प्रवीण पेट्रोल पम्प अगाडि दु’र्घटना हुँदा श्रेष्ठको ‘घटनास्थलमै मृ’त्यु भएको थियो भने कार्की सामान्य घा’इते छन् । पछाडि सवार २६ वर्षीय विजय देउजाको हात र कानमा चो’ट लागेको छ भने सुदीप थापाको अवस्था पनि सामान्य छ ।

कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्ष’ति पुर्‍याएको छ । यत्रो दु’र्घटना हुँदा अरुलाई केही नहुनु शं’कास्पद भएको परिवारको दाबी छ । अनुसन्धान अधिकृतहरु भने कार्कीले घट’नापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको छ । तर, मृ’त्यु भइसकेको थाहा पाएपछि उनीहरु भागेका थिए ।

अधिकृतहरुका अनुसार हालसम्मको अनुसन्धानबाट दु’र्घट’नामा शंकास्पद विषय फेला परेको छैन । उनीहरुका अनुसार युवतीले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको हुनसक्ने देखिएको छ ।

‘पछाडि बस्नेलाई केही भएन, मुख्य क्षति युवती बसेकै साइडतिर देखिन्छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘चालकले चाहिँ बेल्ट लगाएका रहेछन् ।’ हाल चालक कार्कीलाई नियन्त्रणमा लिएर प्र’हरीले अनुसन्धान गरिरहेको छ । युवतीको शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट लगिएको छ ।

प्रतिक्रिया