विदेशमा कोरोनाबाट ३०१ नेपालीको ज्यान गयो, झण्डै ४९ हजार जनामा संक्रमण

admin

काठमाडौं, २२ मंसिर : विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपाली कोरोना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ३०१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको तथ्याँक अनुसार अहिलेसम्म संक्रमित ४८ हजार ६ सय ३९ जना मध्ये ४४ हजार ६ सय ७१ जना निको भएका छन् । यो जम्मा संक्रमितको ९१ प्रतिशत हो । यस्तै अहिलेसम्म विदेशका विभिन्न २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता मात्रै थप २ जना नेपालीको कोरोनाको कारण विदेशमा ज्यान गएको हो । जर्मनीमा १ र भारतमा थप १ जना नेपालीको नेपालीको कोरोनाका कारण गएको साता ज्यान गएको हो ।

कोरोनाका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना देखिएको छ ।

प्रतिक्रिया