वरिष्ठ गायक जगतमर्दन थापाको निधन

admin

काठमाडौं, २२ मंसिर : नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । ८२ वर्षीय गायक थापाको उपचारका क्रममा नर्भिक अस्पतालमा सोमबार बिहान निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गायक थापालाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । तर कोरोनामुक्त भइसकेपछि उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो ।

छातीमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनले नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी, आशाको दियो बालेर, माया लुकाइ लुक्दैन’ सहितका गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया