‘राजावादीको सक्रियता मुख्य एजेण्डा’, प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

admin

काठमाडौं, २२ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका गरेका छन् । समसामयिक राजनीतिक अवस्था, कोरोना रोकथामको लागि आगामी कदम र अन्य राष्ट्रिय राजनीतिसँग जोडिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले (भोलि) मंगलबार बिहान ११ गते सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् ।

पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित भएर प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेको सचिवालयले जनाएको छ । सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ । भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने विषयमा गएको बैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए । त्यसयता देशमा सर्वदलीय बैठक बसेको छैन ।

प्रतिक्रिया