वैवाहिक बन्धनमा बाँधिए रमेश प्रसाईं

admin

काठमाडौं, २२ मंसिर : चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् । नन्दा र रमेशबीच तीन बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।

स्नातक तह सम्ममा अध्ययन गरेकि दृष्टीबिहिन नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् ।

यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् ।

प्रसाईंलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन् ।

प्रतिक्रिया