नेप्से २ हजार विन्दुमाथि, ७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली

admin

काठमाडौं, २२ मंसिर : आइतबार नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समयअघि नै कारोबार बन्द भएको शेयर बजार सोमबार भने झण्डै ७२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो ।

सोमबार जीवन बीमा समूहको शेयर ६ सय ९८ अङ्कले, निर्जीवन बीमाको ४ सय ५, उत्पादन समूहको २ सय २४, व्यापारको १ सय ३०, माइक्रो फाइनान्सको १ सय २७, जलविद्युतको ९८, अन्यको ८०, होटलको ६० र बैंकिङ समूहको शेयर ३१ अङ्कले बढेको छ ।

सोमबार दुई सय ६ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ ।

सोमबार रसुवागढी हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तर समग्र बजार बढे पनि एनआईसी एसिया डिबेञ्चरका लगानीकर्ताले दुई प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया