आज १६ सयभन्दा धेरै डिस्चार्ज, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो

admin

काठमाडौं, २२ मंसिर : सोमबार थप एक हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

छ हजार दुई सय २० जनाको नमुना परीक्षण गर्दा एक हजार १४ जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार ६ सय २८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।

अब नेपालमा १२ हजार नौ सय ४८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय २७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २० जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय १४ पुगेको छ ।

प्रतिक्रिया