ब’लात्कार आरोपी सिद्धबाबालाई अदालतले दियो सफाइ

admin

काठमाडौं : ब’लात्का’रको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसवि’रूद्ध फैसला माग्दै जिल्लन अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए।

‘नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई ज’ब’रजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सि’द्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ फैसलालाई उद्धृत गर्दै सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले भने।

प्रतिक्रिया