आजको मौसम : देशका विभिन्न स्थानमा बदली हुने

admin

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशका विभिन्न स्थानमा मौसम बदली हुने छ।

मंगलबार दिउँसो काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १ मा मौसम बदली हुने महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। दिउँसो प्रदेश १ मा भने हल्का पानी पर्ने सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम विहानैदेखि बदली भएको छ भने बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा हल्का कुहिरो लागेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १० दशमलब ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया