आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ मंसिर : मंगलबार सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा झरेको थियो । गएको सोमबार ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य त्यसपछि फेरि उकालो लाग्न थालेको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ भने, सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको छ ।

विश्वमा कोरोना भाइरसको खोप विकास भएको र अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि सुनको मूल्य घट्ने अनुमान गरिएको थियो । तर, त्यसका बाबजुत पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले सुनको मूल्य यसै बढ्यो भन्ने कुनै पनि ठोस कारण छैन ।

प्रतिक्रिया