सर्वदलीय बैठक चल्दै, यस्ता छन् कांग्रेसले तयारी गरेका एजेण्डा

admin

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा (मंगलबार) अहिले सर्वदलीय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण तथा जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि एक जुट हुन आग्रह गरेका छन् । बैठकमा अहिले राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

पछिल्लो समय राजतन्त्रको माग गर्दै भइरहेको विरोध प्रदर्शन र नेपाली कांग्रेससहितका दलहरुले सरकार विरोधी आन्दोलनमा जाने तयारीलगायत विभिन्न समस्याबारे प्रधानमन्त्री ओलीले छलफल थालेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया