बेलायतमा ९० वर्षीया महिलालाई दिएर सुरुवात गरियो, कोरोना विरुद्धको खोप

admin

एजेन्सी, २३ मंसिर : बेलायतमा कोराना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिन सुरु गरिएको छ । फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ ।

पहिलो खोप लगाएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएको गर्व लागेको बताएकी छिन् । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोगको गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।

फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया