सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएसँगै, नेपाल र चीनका राष्ट्रपतिको यस्तो सन्देश

admin

काठमाडौं, २३ मंसिर : सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको सहभागितामा दुई देशको संयुक्त भर्चुअल समारोहमार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर कायम भइ, नेपाल र चीनले मंगलबार संयुक्त रुपमा गरेको घोषणाअनुसार सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो रहेको छ । अहिलेसम्म सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर मानिएको थियो ।

गएको वर्ष चीनका राष्ट्रपति सी जिन पिङ नेपाल आउँदा सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । उचाइ घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिन पिङलाई लेखेको पत्र वाचन गरेर सुनाएका थिए ।

पत्रमा नेपाल र चीन नजिकका मित्र भएको र यो मित्रता थप प्रगाढ बन्ने सन्देश उल्लेख छ । नेपाल र चीनले संयुक्त पहल गरेर सगरमाथाको उचाइ लिइएकोमा खुसी लागेको पनि पत्रमा उल्लेख छ ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि राष्ट्रपति सी जिन पिङले लेखेको पत्र पढेर सुनाएका छन् । राष्ट्रपति सीले चीन र नेपालबीचको सम्बन्ध सगरमाथाको उचाइ जत्तिकै अग्लो रहेको बताएका छन् । चीन र नेपालका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने राष्ट्रपति सीको विश्वास छ ।

प्रतिक्रिया