आज एक हजार ६२१ जना डिस्चार्ज, थप २३ कोरोना संक्रमितको ज्यान गयो

admin

काठमाडौं, २३ मंसिर : मंगलबार थप एक हजार तीन सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार ६ सय २१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्यादुई लाख २९ हजार ५४ पुगेको छ । अब नेपालमा १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यसैगरी पाँच सय २३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २३ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ३७ पुगेको छ ।

प्रतिक्रिया