आजबाट १२औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ सुरु

admin

काठमाडौं, २४ मंसिर : नेपालमा ५ दिने १२औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

‘महामारीमा मानवअधिकार स्वास्थ्यसेवामा सबैको पहुँच’ राष्ट्रिय नाराका साथ हुने महाभेलाको मुल कार्यक्रम मंसिर २४ गते विहान ११ बजे जुममार्फत गरिने जनाइएको छ । उक्त कार्यक्रममा संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ सहभागी हुने महाभेलाले जानकारी दिएको छ ।

महाभेलाको समापन मंसिर २८ गते जुममार्फन नै गरिने संयोजक गोविन्द बहादुर शाहीले जानकारी दिए । ५ दिन देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्य विषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रम गरिने बताइयो ।

महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने विश्वास लिइएको छ । त्यसैगरी मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने आयोजकको भनाई छ ।

प्रतिक्रिया