अध्यक्षद्वयबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे छलफल

admin

काठमाडौं, २४ मंसिर : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

गत आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ । सात दिनसम्म नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गर्ने, सचिवालय बस्ने र ओली र दाहालले पेस गरेका प्रस्तावको बारेमा निष्कर्ष निकाल्न पहल गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो ।

प्रतिक्रिया