बाइडेनद्वारा सय दिनभित्र १० करोड मानिसलाई कोरोना खोप दिने घोषणा

admin

एजेन्सी, २४ मंसिर : अमेरिकाको राष्ट्रपति जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएको बीबीसीले जनाएको छ ।

उनले यसअघि अमेरिकामा रहेका सबैलाई एक सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए । मंगलबार नै अमेरिकी नियामकले फाइजर र बायोटेकको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।

खाद्य तथा औषधि निकाय एफडीएले सुरक्षाका कारण फाइजर र बायोटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको छ । औपचारिक निर्णयका लागि एफडीएले बिहीबार बैठक गर्दैछ ।

यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया