शेयर बजारमा दोहोरो अंकको गिरावट

admin

काठमाडौं : मंगलबार सामान्य गिरावट आएको शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । उतारचढावका बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ५५ मा आई थामियो । यसदिन कारोबार भएका अधिकाशं समुहमा गिरावट आएसँगै नेप्सेमा पनि गिरावट आएको हो ।

यसदिन ३२ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३६ कम्पनीको शेयर मुल्य घट्यो ।यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च २ सय ७० अंकको गिरावट आयो । निर्जिवन बिमा समुह पनि २ सय २५ अकंले ओरालो लाग्यो ।व्यापार समूहमा ९९ अंक र उत्पादनमूलकमा पनि ९८ अंकको कमी आयो ।

वाणिज्य बैंक, होटल, विकास बैंक, लघुवित्त र अन्य समुह पनि दोहोरो अंकले ओरालो लागे । यस दिन मात्र जलविद्युत समूह २२ अंकले सकारात्मक रह्यो ।यसदिन २ सय १ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ७४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया