काठमाडौं, मंसिर २५ : दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट नि’धन भएको छ।
कोरोना संक्रमण भएपछि ६९ वर्षीय लामा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत थिए। भेन्टिलेटरमा उपचाररत उनको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ। लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए।
२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए। काभ्रेका वौद्धिक र अग्रज नेता लामा नेकपाका केन्द्रीय सदस्य समेत थिए। काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौं ठमेलमा बस्दै आएका थिए।