मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

admin

काठमाडौं, मंसिर २५ : पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । आयोजनाले अहिले सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारवटा गेटमध्ये सिन्धु र अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

उनले भने, “ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरी जलको गेट पानी पथान्तरण गर्दै गर्दा जडान गर्न मिल्नेछ ।” पानी पथान्तरणअघि एसियाली विकास बैङ्कको विज्ञ समूहले अनुगमन गर्नेछ । सम्पूर्ण कामको पुनरवलोकन गरेपछि पानी पथान्तरण गरिने छ । प्रवक्ता शाक्यका अनुसार तीन चरणमा पथान्तरण गरिने छ ।

पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड गरिने छ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ । सुरुङ फिनसिङको काम सकिएको छ भने हेडवक्र्सको काम भइरहेको छ । हाललाई अ‚थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ ।

हेडवक्र्स निर्माणको काम भइरहेको छ । सम्झौता अनुसार हेडवक्र्स आगामी माघसम्म सम्पन्न भइसक्नुपर्ने छ । निरन्तर काम भइरहेकाले सम्झौता अवधिभित्रै सकिने सम्भावना रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया