जानकी पन्त जुनको अध्यक्षतामा, नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

admin

काठमाडौं, २५ मंसिर : नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाई विश्वव्यापी बनाउने उद्देश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ । नेपाल फिल्म सोसाईटीको विधान अनुरुप केन्द्रिय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएसँगै बेलायत निवासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरिएको छ ।

विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकवद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उद्देश्यले अमेरिका शाखा गठन पछि बेलायतमा पनि शाखा कार्यालय खोलिएको र निटक भविष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाईटीको अन्तराष्ट्रिय संयोजक नायक तथा निर्माता नवराज श्रेष्ठले गराएका छन् ।

जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमितिहरुमा वरिष्ठ उपाध्यक्षमा विक्रम दाश जोशी, प्रथम उपाध्यक्षमा कुमुद राज पन्त, द्वितीय उपाध्यक्ष निरज शर्मा, सचिव मधु सुदन थापा मगर, सह-सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरु रोमियन वानेम,धुर्ब दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारि, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन् भने सल्लाहाकारहरुमा एकेन्द्र गुरुङ, सपन कुमार राई, सनम कुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ रहेका छन् ।

युके शाखा गठन भएसँगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई एकवद्ध गराउँदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष जानकी पन्त जुनले बताएकी छिन् ।

प्रतिक्रिया