सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २५ मंसिर : लागातार बढेको सुनको मूल्य फेरि घट्न थालेको छ । बिहीबार एकैदिन तोलामा ९ सय रुपैयाँले मूल्य घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५० रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्य घटबढ भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया