सामान्य बढ्यो आज नेप्से

admin

काठमाडौं, २५ मंसिर :  शेयर बजार परिसूचक नेप्से बिहीबार ८ दशमलव २७ अङ्कले बढेर १९ सय ६४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केहीबेरसम्म घटेको नेप्से कारोबार बन्द हुने बेलामा भने केही सुधार भएको हो ।

बिहीबार विकास बैंक र जलविद्युत् बाहेक अरु समूहको शेयर सामान्य बढेको छ । बिहीबार जीवन बीमा समूहको शेयर २ सय ६ अङ्कले, उत्पादन समूहको शेयर १ सय १८ अङ्कले, निर्जीवन बीमा समूहको ७४, व्यापारको ३८, होटलको ३० र बैंकिङ समूहको शेयर ८ अङ्कले बढेको छ ।

बिहीबार दुई सय चार कम्पनीका ९८ लाख ८३ हजार कित्ता शेयर चार अर्ब १४ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोडभन्दा धेरैको कारोबार भएको छ ।

बिहीबार लिबर्टी इनर्जी कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया