कोरोनाबाट थप १२ संक्रमितको ज्यान गयो, १०६४ जना डिस्चार्ज

admin

काठमाडौं, २५ मंसिर : बिहीबार थप एक हजार दुई सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा एक हजार ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको छ । अब नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै पाँच सय १५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १२ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ६३ पुगेको छ ।

प्रतिक्रिया